नेपाली कांग्रेस र नेकपा माओवादी कार्यकर्ता बीच झडप हुँदा गोली चल्यो

गोरखा । नेपाली कांग्रेस र नेकपा माओवादी कार्यकर्ता बीच झडप हुँदा गोली चलेको छ ।

गोरखाको भीमसेन थापा गाउँपालिका–२ ताराखसे मतदान केन्द्रमा प्रहरीले गोली चलाएको हो ।

नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका कार्यकर्ता बीच भएको झडपलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको थियो ।

उक्त गोली लागि मतदान केन्द्रमा खटिएकी स्वयंसेविका मनिषा थापा घाइते भएकी छिन् ।

थापाको तिघ्रामा गोली लागेको र उपचारका लागि अस्पताल लगिएको छ ।

झडपलाई नियन्त्रणमा लिन फायर गर्दा थापाको खुट्टामा गोली लागेको प्रहरीले जनाएको छ ।

 

 

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स