११३ वर्षीया वृद्धाले गरिन् लौरो टेक्दै मतदान, आगामी चुनावमा पनि मतदान गर्ने इच्छा

दमौली । तनहुँको भानु नगरपालिका–५ बरभञ्ज्याङ निवासी ११३ वर्षीया गोपीमाया पोख्रेलले स्थानीय तह निर्वाचनका लागि आज मतदान गरेकी छिन् ।

पोख्रेलले सोही वडाको शेपाबगैंचास्थित महादेवता प्राथमिक विद्यालय मतदान केन्द्रमा पुगेर मतदान गरेको हो । विसं १९६६ भदौ ६ गते जन्मिएकी पोख्रेलले आफन्तको सहयोगमा मतदान गरेको हो ।

मतदानपछि पोख्रेलले आगामी चुनावमा पनि मतदान गर्ने इच्छा रहेको बताए । मतदानका लागि आफैंले परिवारका सदस्यलाई आग्रह गर्दै पोख्रेल लौरो टेक्दै मतदान केन्द्रसम्म पुगेका थिए ।

यसैबीच जिल्लामा शान्तिपूर्णरुपमा मतदान प्रक्रिया चलिरहेको जनाइएको छ । मतदान केन्द्रमा ज्येष्ठ नागरिक, अशक्त र अपाङ्गता भएका व्यक्तिलाई मतदानमा प्राथमिकता दिइएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स