काठमाडौं । रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी र रैराङ हाइड्रोपावर डेभलपमेन्टलाई विद्युत नियमन आयोगले मर्जरका लागि स्वीकृति प्रदान गरेको छ ।
आयोगको बैशाख १९ गतेको बैठकले दुवै हाइड्रोपावर कम्पनीलाई एक आपसमा गाभिनलाई स्वीकृति प्रदान गरेको हो ।
दुवै कम्पनीले गत कात्तिक १७, २०७८ मा एक आपसमा गाभ्ने गाभिनेबारे सहमति गरेका थिए। दुवै कम्पनीले मर्जर का लागि एउटा संयुक्त मर्जर कमिटी समेत गठन गरेको छ।
मर्जपछि दुई हाइड्रोपावरको संयुक्त चुक्ता पूँजी १ अर्ब १४ करोड ५५ लाख ५८ हजार पुग्ने छ।