काठमाडौं । आइतबारदेखि बुद्ध एयरले विभिन्न ६ वटा विमानस्थलमा रात्रिकालीन उडान गर्ने भएको छ ।
नागरिक उड्डयन प्राधिकरणले रात्रिकालीन उडान अवतरण सुविधा भएका विमानस्थल १८ घण्टा खुला राख्ने निर्णय गरेसँगै कम्पनीले ६ वटा विमानस्थलमा रात्रिकालिन उडान गर्न लागेको हो ।
बुद्धले आइतबारदेखि जनकपुर, नेपालगञ्ज, विराटनगर, भैरहवा, भद्रपुर र सिमरा गरी ६ विमानस्थलमा उडान गर्ने जनाएको छ ।
बुद्धले उक्त विमानस्थलमा राती ८ बजेदेखि मात्र उडान गर्नेछ ।
दैनिक कामकाजमा व्यस्त यात्रुहरुका लागि रात्रिकालीन उडान निकै आकर्षक हुने जनाएको छ ।
बुद्धले रात्रिकालिन उडानका लागि काठमाडौंमा टुटलसँग समन्वय गरि रात्रिकालिन उडानका लागि ट्याक्सीमा छुटको समेत अफर ल्याउन लागेको जनाएको छ ।