राष्ट्र बैंकले सातामा दुई दिन सार्वजनिक बिदाबारे ल्यायो ७ नयाँ व्यवस्था

काठमाडौं । नेपाल राष्ट्र बैंकले सातामा दुई दिन सार्वजनिक बिदाबारे नयाँ व्यवस्था गरेको छ । राष्ट्र बैंकले सुचना जारी गर्दै बैशाख २८ गते स्वीकृत टिप्पणी अनुसार २०७९ साल जेठ १ देखि लागू गर्ने गरी शनिबार र आइतबार सार्वजनिक बिदा दिने सम्बन्धमा विभिन्न निर्णय गरेको हो ।

जसअनुसार जेठ १ गतेदेखि लागू हुने गरी प्रत्येक शनिबार र आइतबार सार्वजनिक बिदा दिइने छ ।

सोमबारदेखि शुक्रबारसम्म कार्यालय समय बिहान ९:३० बजेदेखि अपरान्ह ५:३० बजेसम्म कायम गर्ने र कार्तिक १६ गतेदेखि माघ १५ गतेसम्म कार्यालय समय बिहान ९:३० बजेदेखि अपरान्ह ४:३० बजेसम्म कायम रहने सूचनामा उल्लेख छ ।

[embeddoc url=”https://hamroartha.com/wp-content/uploads/2022/05/rastra-bank.pdf” cache=”off”]

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स