‘ज्यापु समाज जेष्ठ नागरिक आनन्द निकेतन भवन’ को उद्घाटन

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले ललितपुरको बागडोलस्थित नवनिर्मित ‘ज्यापु समाज जेष्ठ नागरिक आनन्द निकेतन भवन’ को उद्घाटन गरेका छन् । नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राको उपस्थितिमा प्रधानमन्त्री देउवाले उक्त भवनको उद्घाटन गरेका हुन् ।

जेष्ठ नागरिकहरुका उचित हेरचाहका लागि निर्मित यो भवन अपाङ्गमैत्री संरचनाहरुको सुविधा रहेको छ । यस भवनमा ११० वटा बेडका साथै स्वास्थ्य परीक्षण कक्ष र भान्छा कोठा रहेका छन् ।

नेपाल सरकार र भारत सरकारबीचको सम्झौता अनुरुप भारत सरकारको ५ करोड आर्थिक सहयोगमा उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रुपमा भवनको निर्माण गरिएको हो । हालसम्म नेपालभर ४५० भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजना सम्पन्न भइसकेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स