लाइसेन्स वितरण १ साताका लागि बन्द

काठमाडौं । सवारीचालक अनुमतिपत्र (लाइसेन्स) वितरण कार्य एक हप्ताका लागि बन्द हुने भएको छ । कर्मचारीहरू स्थानीय तह निर्वाचनमा खटिने भएपछि एक साताका लागि लाइसेन्स वितरण बन्द गर्न लागिएको हो । आज यातायात कार्यालयहरूले सूचना जारी गर्दै चुनावी सातामा लाइसेन्स वितरण कार्य बन्द रहने जानकारी सर्वसाधारणलाई गराएका हुन् ।

यातायात कार्यालयहरूले यहि बैशाख ३० गते हुन गहिरहेको स्थानीय तह निर्वाचनमा कार्यालयका कर्मचारी खटिनु पर्ने भएकाले लाइसेन्स वितरण कार्य स्थगन गरेको हो । लाइसेन्स वितरण कार्यालय एकान्तकुनाले आज एक सूचना जारी गर्दै अर्को सूचना नआएसम्मका लागि वैशाख २५ गतेबाट नयाँ/वर्ग थप दर्ता बायोमेट्रिक, लिखित र ट्रायल परीक्षाहरू र २७ गतेबाट नवीकरण, प्रतिलिपि जारी गर्ने काम स्थगित गर्ने जनाएको छ । कार्यालयले कहिलेबाट लाइसेन्स वितरण कार्य सुरु हुन्छ भनेर सूचनामा खुलाएको छैन ।

चाबहिलस्थित यातायात व्यवस्था सवारी चालक अनुमतिपत्र कार्यालय (वागमती प्रदेश) ले सोमबार सूचना जारी गर्दै वैशाख २७ देखि जेठ ३ गतेसम्म सवारीचालक अनुमतिपत्र नवीकरणबाहेक सबै सेवा बन्द हुने जनाएको छ ।

अन्य यातायात कार्यालयले २५ गतेदेखि यस कर्मचारी र ट्राफिक प्रहरी स्थानीय निर्वाचनमा जानुपर्ने भएकोले लिखित तथा ट्रायल परीक्षा जेठ ४ गते सूचना प्रकाशित हुने गरी स्थगित भएको जनाएका छन् ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स