स्थानीय तह निर्वाचनमा खटिएका ४ जना म्यादी प्रहरीको मृत्यु, ४८ जना बर्खास्त

काठमाडौं । बैशाख ३० गते हुन गइरहेको स्थानीय तह निर्वाचनमा खटिएका ४ जना म्यादी प्रहरीको मृत्यु भएको छ ।

मृत्यु हुनेमध्ये २ जनाको दुर्घटनामा, एक जनाको सुतिरहेको अवस्थामा र एक जना महिला म्यादीले विष सेवन गरी आत्महत्या गरेकी थिइन् ।

मृत्यु हुने योगेन्द्र न्यौपानेको दुर्घटनामा,दुर्गासिं बस्नेतको भीरबाट लडेर, जसबहादुर रोका सुतेकै अवस्थामा र अनिता भट्टराईले विष सेवन गरी आत्महत्या गरेकी थिइन् ।

सरकारले निर्वाचनमा खटिएको बेला ज्यान गुमाएका सुरक्षाकर्मी र म्यादी प्रहरीका परिवारलाई २० लाख रुपैयाँको दरले राहत दिने घोषणा गरेको छ । आत्महत्या गरेकाको हकमा भने राहत उपलब्ध हुने छैन ।

त्यसैगरि, निर्वाचन सुरक्षाका लागि खटाइएका ४८ जना म्यादी प्रहरीलाई आचरण विपरीत गतिविधि गरेको आरोपमा बर्खास्त गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स