काठमाडौं उपत्यकामा बैशाख २७ गतेदेखि मदिराजन्य पदार्थ बिक्री वितरण तथा सेवन गर्न नपाइने

काठमाडौं । बैशाख ३० गते हुन गईरहेको स्थानीय तह निर्वाचनमा मदिराजन्य पदार्थ बिक्री वितरण तथा सेवन गर्नमा रोक लगाइएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंंले आज एक सूचना जारी गर्दै मदिराजन्य पदार्थ बिक्री वितरण तथा सेवनमा रोक लगाएको हो ।

कार्यालयले स्थानीय तह निर्वाचन निर्देशिका २०७३ को दफा ७१ (मादक पदार्थ निषेध गर्ने) मा भएको व्यवस्थाको प्रभावकारी कार्यान्वयनको लागि बैशाख २७ गते मंगलबार राती १२:०० बजे देखि मतदान कार्य सम्पन्न नभएसम्मका लागि मदिराजन्य पदार्थ बिक्री वितरण तथा सेवन कार्य नगर्नु रनगराउन निर्देशन दिएको छ।

मतदानको दिन अत्यावश्यक सेवामा सञ्चालित र अनुमति लिएका सवारी साधनहरु बाहेकका सवारी साधनहरु बिहान ६:०० बजेदेखि मतदान कार्यसम्पन्न नभएसम्म सञ्चालन नगर्नु/नगराउनु हुन कार्यालयले अनुरोध गरेको छ।

त्यस्तै, सूचना विपरितका कार्य तोकिएको अवधिमा गरे/गराइएको पाइएमा कानून बमोजिम कारवाही गरिने जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचनामा उल्लेख गरिएको छ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स