चुनावको दिन अत्यावश्यक बाहेक अन्य सवारी साधन चलाउन नपाइने

काठमाडौं । स्थानीय तह निर्वाचनको मतदान हुने दिन आगामी बैशाख ३० गते शुक्रबार विना पास सवारीसाधन चलाउन नपाइने भएको छ । चुनावको दिन निर्वाचन आयोगले अत्यावश्यक सेवा बाहेक अन्य सवारी साधन चलाउन नपाइने व्यवस्था गरेको हो ।

आयोगले चुनावको दिन अत्याश्यक सेवा र कुटनीतिक नियोगको सवारी साधनले अनुमतिपत्र लिनुपर्दैन । आयोगका अनुसार एम्बुलेन्स, खानेपानीको ट्यांकर, दमकल, दूरसञ्चार सेवा, शव बाहन, अस्पताल सेवा तथा विद्युत सेवा अत्याश्यक सेवामा पर्छन ।

अन्तर्राष्ट्रिय हवाई उडानका यात्रुले पासपोर्ट, भिसा र हवाई टिकटका माध्यमबाट विमानस्थलसम्म र विमानस्थलदेखि बासस्थानसम्म आवगमन गर्न पाउने भएका छन् ।

निर्वाचन आयोगले अन्य सवारीसाधनलाई पनि सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीले अनुमति दिने गरी अधिकार दिइएको छ । साथै काठमाण्डौ उपत्यकामा सूचना विभागको कार्डका आधारमा पत्रकारलाई प्रमुख जिल्ला अधिकारीले अनुमतिपत्र जारी गर्नेछ ।

निर्वाचनलाई मध्यनजर गर्दै भारत र चीनसँग जोडिएका सीमा नाका बैशाख २७ गते राति १२ बजेदेखि ३ दिन बन्द गर्न पनि आयोगले सरकारलाई आग्रह गरेको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स