वैदेशिक रोजगारीमा जाने नागरिकले २ महिनाभित्रै आईपीओमा कोटा पाउने

काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले वैदेशिक रोजगारीमा जाने नागरिकले २ महिनाभित्रै आईपीओमा कोटा पाउने बताएका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । यसका लागि कार्यविधि बनिरहेको हमालले बताए ।

उक्त कार्यक्रममा उनले बुक विल्डिङलाई अब अगाडि बढाइने समेत बताए । रियल क्षेत्रका कम्पनीलाई सेयर बजारमा बुक विल्डिङ मार्फत बजारमा ल्याउन चुनौती रहेको उनले बताए।

उनले पछिल्लो समय बुक विल्डिङ सिस्टमका विषयमा गलत प्रचार भएकाले त्यसलाई पारदर्शिता बनाएर लानु पर्ने आवश्यकता रहेको बताए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स