त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भित्र बम रहेको आशंका, सबै यात्रु बाहिर, सेना परिचालन

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भित्र बम रहेको भनी फोन आएपछि नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीसहितको टोली खटाइएको छ ।

विमानस्थलको आन्तरिक टर्मिनलमा बम भएको भन्दै अज्ञात व्यक्तिबाट फोन आएपछि विमानस्थल भित्र रहेका सबै यात्रुहरुलाई मुख्य गेटबाट बाहिर निकालिएको छ ।

विमानस्थलमा सेनाको बम डिस्पोजल टोली र तालिमप्राप्त कुकुर परिचालन गरेर सर्च अभियान चलाइएको छ ।

आज बिहान अज्ञात व्यक्तिले टेलिफोन गरी डोमेस्टिक टर्मिनलमा ५/६ वटा बम रहेको भनि बताएको थियो ।

अन्तर्राष्ट्रिय उडानहरु जारी रहे पनि आन्तरिक उडान भने बन्द गरिएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स