गायक राजु लामाले गरे विश्वकै सर्वाधिक उचाइमा कन्सर्ट, राखे विश्व कीर्तिमान

काठमाडौं । गायक राजु लामाले ६ हजार ५७४ मिटर उचाइमा पुगेर कन्सर्ट गरेका छन् ।

लामाले जलवायु परिवर्तनको असरबारे सन्देश दिन सोमबार समुद्री सतहबाट ६ हजार ५७४ मिटरको उचाइमा पुगेर गीत गाएका हुन् ।

योसँगै, लामाले बेलायती गायक ओज बेल्डोनको गिनिज विश्व रेकर्ड तोड्न सफल भएका छन् ।

बेल्डोनले मे १६, २०१२ मा मेरापिक हिमालको ६ हजार ४७६ मिटर उचाइमा गीत गाएर गिनिज विश्व रेकर्ड राखेका थिए ।

जलवायु परिवर्तनको संकटले हिमाल र हिमनदी पग्लिएको, तटीय क्षेत्रका बासिन्दाको जनजीवन र संस्कृति संकटमा परेको, बाढीपहिरो जस्ता प्राकृतिक विपद्ले जोखिम ल्याएकोबारे सन्देश दिन कन्सर्ट गरेको राजुले बताए ।

लामाले जलवायु संकटविरुद्धको सन्देश दिन कन्सर्ट गरेको बताएका छन् ।

उनले सामाजिक सञ्जालमा पोस्ट गर्दै ‘हिमालले डाक्यो मलाई’लगायत मंगोलियन हार्टको अन्य हिट गीतहरू पनि गाएको बताएका छन् ।

 

 

 

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स