काठमाडौं महानगरपालिका वडा–५ को चुनावी प्रतिवद्धता : उद्योगीलाई एकमुष्ठ २० लाख अनुदानदेखि स्वास्थ्य बीमासम्म (प्रतिवद्धतासहित)

काठमाडौं । काठमाडौं महानगरपालिकामा कांग्रेसका तर्फबाट मेयरका उम्मेदवार सिर्जना सिंहले नगरवासीका लागि गर्ने ७ संकल्प सार्वजनिक गरेसँगै वडा नम्बर, ५ का उम्मेदवार रमेश डंगोलले पनि आफ्नो चुनावी प्रतिवद्धता सार्वजनिक गरेका छन् ।
आज शुक्रबार बिहान एक कार्यक्रमको आयोजना गरी कांग्रेसकोतर्फबाट कामपा मेयरकी उम्मेदवार सिंह र वडाका उम्मेदवारहरूले ‘सार्वजनिक प्रतिवद्धता’ सार्वजनिक प्रतिवद्धता सार्वजनिक गरेका हुन् ।

कामपा वडा, ५ का उम्मेदवार रमेश डंगोलको टिमले वडाभित्र अधिकतम रोजगारी दिने उद्योगलाई २० लाख रुपैयाँसम्म नगद अनुदान दिनेदेखि वडा वासीको स्वास्थ्य बीमा गरिदिनेसम्मका प्रतिवद्धता गरेका छन् । ‘यसअघिको कार्यकालमा आफूले सोचेजस्तो काम गर्न नसकेको बताउँदै उनले भने ‘आगामी चुनावमा हाम्रो टिमले विजय हासिल गर्यो भने योजनावद्ध ढंगबाट वडा र वडावासीलाई सुःख, शान्ती र समृद्धि दिनेछु ।’

संघीयताको नयाँ अभ्यास तथा महानगर नेतृत्वको सहयोग नभएपनि अघिल्लो चुनावमा गरेको प्रतिवद्धता ८५ प्रतिशत पुरा गरेको दावी गरे । उनले हाँडीगाउँमा भएको सार्वजनिक जग्गाको संरक्षणदेखि यसको उचित व्यवस्थापन, नेवारी संस्कृतिको जर्गेना, दीर्घरोगीलाई निःशुल्क औषधि वितरण, सरकारी सेवा प्रवेशका लागि आवश्यक परामर्शलगायतका प्रतिवद्धता गरेका छन् ।

यस्तो छ प्रतिवद्धता

[embeddoc url=”https://hamroartha.com/wp-content/uploads/2022/04/brocher-final-4.pdf”]

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स