भोलिदेखि सम्पूर्ण हवाई उडान स्थगन

काठमाडौं । वायुसेवा सञ्चालक संघले भोलिदेखि सम्पूर्ण हवाई उडान स्थगन गर्ने निर्णय गरेको छ । संघका प्रवक्ता योगराज कँडेलले नयाँ स्लट अनुसार तत्काल हवाई उडान गर्न नसक्ने भएकाले स्लट संशोधन नभएसम्म उडान स्थगित गर्ने निर्णय गरको बताए । उनले क्यानले स्लट संशोधन नगर्दासम्म सम्पूर्ण हवाई उडान बन्द गर्ने संघले जनाएको हो ।

नागरिक उड्डयन प्राधिकरणले राति १२ बजेसम्म हवाई उडान गर्ने गरी वैशाख १४ गते नयाँ स्लट जारी गरेपछि विमान कम्पनीहरु यसको विरोधमा उत्रिएका हुन् ।

‘वैशाख ३ गते नयाँ स्लट आएको थियो, जसअनुसार सम्पूर्ण हवाई उडानहरु भइरहेका थिए,’ उनले भने, ‘तर क्यानले वैशाख १५ गतेदेखि लागू हुने गरी वैशाख १४ गते नयाँ स्लट जारी गरेको छ । राति १२ बजेसम्म उडान गर्ने तालिका अनुसार हवाई उडान गर्न सकिने अवस्था नभएको उनले बताए ।

राति १२ बजेसम्म उडान गर्नका लागि पूर्वाधारको अभाव हुनुका साथै आजको भोलि नै कार्यान्वयन गर्न विमान कम्पनीहरु असमर्थ भएको संघको जनाएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स