काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ८९८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
जसमा काठमाडौंमा ६०४, भक्तपुरमा १०७ र ललितपुरमा १८७ जना संक्रमित थपिएको हो ।
योसँगै काठमाडौंमा सक्रिय संक्रमितको संख्या ११ हजार ६३१ पुगेको छ ।
पछिल्लो २४ घण्टामा कोरोनाका कारण २६ जनाको मृत्यु भएको छ ।