जेठदेखि सेयर बजार शुक्रबार पनि संचालन हुने

काठमाडौं । सरकारले शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । योसँगै सेयर कारोबार पनि शनिबार र आइतबार बन्द हुने भएकोले शुक्रबार बजार खुलाउन नेपाल स्टक एक्चेन्जले आजैदेखि गृहकार्य सुरु गरिसकेको नेप्सेका प्रमुख कार्यकारी अधिकृत कृष्ण कार्कीले जानकारी दिए ।

‘आइतबार सार्वजनिक विदा परेकाले अब सेयर बजार पनि आइतबार बन्द गरेर शुक्रबार सञ्चालन गछौं,’ उनले भने ‘जेठ पहिलो साताबाटै शुक्रबार सेयर खु्ल्छ र आइतबार बन्द हुन्छ ।’

अहिले पनि सातामा ५ दिन सेयर बजार सञ्चालन हुने गरेको छ । शुक्रबार पनि कारोबार सञ्चालन गरेर आइतबार बजार बन्द गर्ने तयारी नेप्सेले गरेको हो ।

मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले जेठ १ गतेदेखि परिक्षणका लागि शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स