थप ३,०४२ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेपालमा थप ३,०४२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज १७ हजार ६५४ वटा नमुनाको परीक्षण गर्दा ३ हजार ४२ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोनाका कारण २६ जनाको मृत्यु भएको छ । त्यसैगरि देशभर २ हजार २४४ जना संक्रमणमुक्त भएका छन् ।

योसँगै नेपालमा सक्रिय संक्रमितको संख्या ४० हजार ३०९ पुगेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स