सरकारले गहुँको मूल्य तोक्यो

काठमाडौँ । आर्थिक वर्ष २०७९/२०८० को लागि सरकारले गहुँको न्यूनतम समर्थन मूल्य तोकेको छ । मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले आर्थिक वर्ष २०७९/०८० को लागि गहुँको न्यूनतम समर्थन मूल्य तोकेको हो ।सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सरकारले गहुँको समर्थन मूल्य प्रति क्विन्टल ३ हजार १६५ निर्धारण गर्ने निर्णय गरेको जानकारी दिए । आर्थिक वर्ष ०७८/७९ का लागि यस्तो मूल्य प्रतिक्विन्टल ३ हजार १११ रुपैयाँ तोकिएको थियो भने आर्थिक वर्ष ०७७/७८ का लागि ३ हजार १५ रुपैयाँ समर्थन मूल्य थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स