दाङमा ५२० पदका लागि दुई हजार ४१२ जनाको उम्मेदवारी

दाङ । आसन्न स्थानीय तह निर्वाचनका लागि जिल्लामा ५२० पदका लागि दुई हजार ४१२ जनाले मनोनयन दर्ता गराएका छन् ।

दाङका १० वटै स्थानीय तहका विभिन्न पदमा पाँचदलीय गठबन्धन, नेकपा (एमाले), अन्य दल र स्वतन्त्रबाट उम्मेदवारी परेको हो ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय घोराहीका मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाका अनुसार जिल्लाका दुई उपमहानगरसहित १० पालिकाको प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष, १०० वडाध्यक्ष र सदस्य पदका लागि उम्मेदवारी परेको हो ।

प्रमुख/अध्यक्षमा ८७, उपप्रमुख/उपाध्याक्षमा ६५, वडाध्यक्षमा ५५१, खुला सदस्यमा ९०३, महिला सदस्यमा ४२८ र दलित महिला सदस्यमा ३७८ जनाको उम्मेदवारी परेको छ ।

घोराही उपमहानगरपालिकामा ४४०, तुलसीपुर उपमहानगरपालिकामा ५३२, लमही नगरपालिकामा २४२, दङ्गीशरणमा १६२, गढवामा १९५, राप्तीमा २३३, राजपुरमा १८८, बंगलाचुलीमा ११५, शान्तिनगरमा १४८ र बबईमा १५७ जनाको उम्मेदवारी परेको कार्यालयले जनाएको छ ।

घोराही उपमहानगरपालिका प्रमुखमा १५ र उपप्रमुखमा आठ तथा तुलसीपुर उपमहानगरपालिका प्रमुखमा १२ र उपप्रमुखमा आठ जनाको उम्मेदवारी परेको छ ।

दुई उपमहानगरपालिका र बंगलाचुली गाउँपालिकामा पाँचदलीय गठबन्धनबीच चुनावी तालमेल भएको छ । अन्य पालिकामा भने दलहरूले छुट्टाछुट्टै प्यानल खडा गरी उम्मेदवारी दिएका छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स