७४ हजारले उम्मेदवार बन्न निर्वाचन आयोगमा दर्ता गरे मनोनयन

काठमाडौं । वैशाख ३० गते हुने स्थानीय निर्वाचनका लागि अहिलेसम्म ७३ हजार ९३२ उम्मेदवारले मनोनयन दर्ता गरेका छन् । सोमबार अन्तिम दिनसम्म मेयरमा २ हजार १७९ र उपमेयरमा १ हजार ३५१ जनाले दर्ता गराएको निर्वाचन आयोगले जानकारी दिएको छ ।

गाउँपालिका प्रमुखमा २ हजार २९३ र उपप्रमुखमा १ हजार ५९२ दर्ता गराएको आयोगले बताएको छ । आयोगका अनुसार वडा अध्यक्षमा १८ हजार २९५, महिला सदस्यमा १२ हजार १०४, दलित महिलामा १० हजार ८१० र सदस्यमा २५ हजार ३०८ जनाले दर्ता गराएका छन् ।

स्थानीय निर्वाचनका लागि आयोगले दुई दिन मनोनयन समय छुट्टयाएको थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स