नायब सुब्बा थापाविरुद्ध १ करोड ८६ लाखको भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भन्सार जाँचपास परीक्षण कार्यालय तिनकुनेका नायब सुब्बा देवीबहादुर थापाविरुद्ध मुद्दा दायर गरेको छ ।

थापाविरुद्ध १ करोड ८७ लाख ४७ हजार १४९ रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा आयोगले मुद्दा दायर गरेको हो।

नासु थापाले १९ वर्षे सेवा अवधिमा गैरकानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको पाइएकाले आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

निजले र निजको परिवारले अमिल्दो र अस्वाभाविक उच्च जीवनस्तर यापन गरेको, आफ्नो हैसियतभन्दा बढी रकमले आफू, बाबु, आमा र श्रीमतीको नाममा घरजग्गा खरिद गर्नुका साथै कम्पनी तथा फर्महरु दर्ता गरी परिवारले अमिल्दो र अस्वाभाविक उच्च जीवनस्तर यापन गरेको, परिवारका सदस्यको नाममा विभिन्न बैंक तथा वित्तीय संस्थाहरु तथा कम्पनीहरूका संस्थापक एवं साधारण सेयरहरु खरिद लगानी गरेको अख्तियारले अख्तियारका प्रवक्ता श्याम प्रसाद भण्डारीले जनाएका छन् ।

भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा ९२० बमोजिम जरिबाना र कैद सजायको मागदाबी गरिएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स