भरतपुरमा गठबन्धनबाट रेनु दाहालको उम्मेदवारी

चितवन । भरतपुर महानगरपालिकाको प्रमुख पदमा गठबन्धन दलका तर्फबाट नेकपा (माओवादी केन्द्र) का रेनु दाहालले उम्मेदवारी दर्ता गरेकी छिन् ।

नेपाली कांग्रेससहित गठबन्धन दलका तर्फबाट दाहालले आज उम्मेदवारी दर्ता गरेको हो । उनीसँगै उपप्रमुखमा नेपाली कांग्रेसका भरतपुर नगरसभापति चित्रसेन अधिकारीले उम्मेदवारी दर्ता गरेका छन् ।

दाहालको प्रस्तावकमा नेपाली कांग्रेस भरतपुर महानगर सचिव र समर्थकमा नेपाल कम्युनिष्ट पार्टी (समाजवादी) का जिल्ला उपाध्यक्ष कृष्णराज न्यौपाने रहेका छन् ।

दाहाल र अधिकारी सत्तारूढ पाँच दलीय गठबन्धनको तर्फबाट उम्मेदवार बनेको हो । ठूलो सङ्ख्यामा कार्यकर्तासहित मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर उनीहरुले उम्मेदवारी दर्ता गराएको हो । दाहाल विसं २०७४ मा पनि नेपाली कांग्रेसको सहयोगमा महानगरको प्रमुख बनेका थिए।

दाहालले प्रमुखमा उम्मेदवारी दिन केही दिनअघि सोे पदबाट राजीनामा दिएका थिए । अधिकारी विसं २०७४ को निर्वाचनमा महानगरको वडा नं २१ को वडाध्यक्षमा निर्वाचित भएका थिए ।

अहिले उनी कांग्रेसको भरतपुर महानगर समितिका सभापति हुन् । गठबन्धनले महानगरमा वडासम्मै तालमेल गरेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स