काठमाडौं । शुक्रबार छापावाला सुनको मूल्य ४ सय रूपैयाँले बढेको छ ।
बिहिबार, सुन प्रतितोला ९० हजार ८ सय रुपैयाँ कायम भएकोमा आज भने ४ सय रूपैयाँले बढेर ९१ हजार २ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यसैगरी, तेजावी सुनको मूल्य प्रतितोला ९० हजार ७ सय रुपैयाँ कायम भएको छ ।
साथै, बिहिबार चाँदी प्रतितोला ११ सय ८० रूपैयाँ कायम भएकोमा आज भने १५ रूपैयाँले बढेर ११ सय ९५ रूपैयाँ कायम भएको छ ।