गोली लागेर घाइते गोरुसिंगे ब्यारेककी महिला सैनिक जवानको मृत्यु

काठमाडौं । गोली लागेर गम्भीर घाइते भएकी कपिलवस्तुस्थित शमशेर दल गण गोरुसिंगे ब्यारेककी महिला सैनिक जवानको आज बिहान मृत्यु भएको छ ।

झापाको गौरहदह नगरपालिका १ की २४ वर्षीया कोपिला राजवंशीको मृत्यु भएको हो ।

उनी केही दिन अघि मात्र गोरुसिंगे ब्यारेकमा शमशेर दल गण सरुवा भएर आएकी थिइन् ।

उनले आफुमाथिनै २ राउण्ड गोली चलाएको कपिलवस्तु प्रहरीले जनाएको छ ।

घाइते राजवंशीलाई उपचारार्थ सेनाको टोलीले बुटवल भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा ल्याएको थियो ।

उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

राजवंशीले राति ब्यारेक भित्रको पोस्टमा डियुटीमा रहेको बेला राइफल (एम १६) आफैले आफ्नो पेटमा फायर गरी आत्महत्याको प्रयास गरेको प्रहरीको अनुमान छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स