पाटनको औद्योगिक क्षेत्रभित्र विष्फोट , १ जनाको मृत्यु

काठमाडौं । पाटनको औद्योगिक क्षेत्रभित्र रहेको सगरमाथा अक्सिजन प्लान्टमा विष्फोट भएको छ ।

बिष्फोटमा परि एकजनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । घटना बिहान १० बजेको आसपासमा भएको प्रहरीले जनाएको छ ।

अक्सिजन भर्ने क्रममा एक्कासी विष्फोट भएको महानगरीय प्रहरी परिसर, ललितपुरले बताएको छ ।

प्रहरीले प्लान्टमा कार्यरत श्रमिकलाई उद्धार गरिरहेको र घटनाको विस्तृत विवरण आउँन बाँकी रहेको जनाएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स