नेपाली सेनाले आधुनिक ६ हजार थान अमेरिकी हतियार खरिद गर्ने

काठमाडौं । नेपाली सेनाले आधुनिक अमेरिकी हतियार खरिद गर्ने भएको छ ।

सेनाले दुई चरणमा ६ हजार थान अमेरिकी हतियार खरिद गर्न लागेको हो । सैनिक स्रोतका अनुसार सेनाले एम-१६ र एम-४ हतियार र पेस्तोल खरिद गर्ने निश्चित भईसकेको छ ।

हतियार खरिदका लागि सेनाले प्रक्रिया अघि बढाईसकेको जनाएको छ ।

सेनाले भने खरिद गर्न लागेको हतियारबारे औपचारिक रुपमा खुलाएको छैन ।

हतियार खरिदका लागि अर्थ मन्त्रालयले सेनालाई २ अर्ब रुपैयाँ बजेट निकासा दिइसकेको जनाएको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स