अभिनेता पलविरुद्ध जबरजस्ती करणीको आरोपमा नाबालिकाले फेरिन् बयान

काठमाडौं । अभिनेता पल शाहविरुद्ध जबरजस्ती करणीको आरोप लागेको मुद्दामा नाबालिकाले अदालतमा बयान फेरेकी छिन् ।

जिल्ला अदातल तनहुँमा आफूमाथि बलात्कार नभएको बताउँदै नाबालिकाले बयान फेरेकी हुन् ।

पीडित नाबालिकाले जाहेरीमा उल्लेखित विवरणहरु उक्साहटमा लेखिएको जिकिर गरेकी छिन् ।

स्रोतकाअनुसार पीडित किशोरीले आफूले प्रभाव र दबाबमा आएर आरोप लगाएको बताएकी छन् ।

उनले प्रहरीसँग दिएको बयानमा चाहिँ पलले विभिन्न प्रलोभन देखाएर आफूमाथि पटकपटक जबरजस्ती करणी गरेको बताएकी थिइन् ।

उनका बुबाले ११ फागुनमा जिल्ला प्रहरी कार्यालय, तनहुँमा जबरजस्ती करणीमा किटानी जाहेरी दिएका थिए ।

पल पुर्पक्षका लागि थुनामा छन् । किशोरी पक्षले शाहलाई १२ देखि १४ वर्षसम्म कैद सजायको मागदाबी गरेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स