कक्षा-११ को परीक्षा जेठको तेस्रो सातादेखि सञ्चालन गर्न निर्देशन

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा-११ को परीक्षा जेठको तेस्रो सातादेखि सञ्चालन गर्न निर्देशन दिएको छ । बोर्डले एक सूचना जारी गरि कक्षा-११ को परीक्षा जेठको तेस्रो सातादेखि सञ्चालन गर्न निर्देशन दिएको हो ।

बोर्डले २०७८ सालमा रजिष्ट्रेशन भई देशका विभिन्न विद्यालयहरूमा कक्षा-११ मा अध्ययनरत विद्यार्थीहरूको अनलाइन रजिष्ट्रेसन सम्बन्धी विवरण रुजु गर्ने कार्य भैरहेको जनाएको छ ।

यस पश्चात् ‘कक्षा-११ को परीक्षा सञ्चालन, व्यवस्थापन, मूल्यांकन, नतिजा प्रकाशन र प्रमाणीकरण सम्बन्धी कार्यविधि, २०७७‘ को परिच्छेद ७ को दफा ९ को ४ (१) ‘क’ अनुसार विद्यार्थीको रजिष्ट्रेशन नम्बर सहित निजले कक्षा-११ को परीक्षामा प्रयोग गर्ने सिम्बोल नम्बर बोर्डका प्रदेश परीक्षा व्यवस्थापन/शाखा कार्यालय मार्फत सम्बन्धित विद्यालयमा उपलब्ध गराईने जनाएको छ ।

विद्यार्थीले कक्षा-११ को परीक्षामा बोर्डद्वारा प्रदान गरिएको सिम्बोल नम्बर उल्लेख गरी परीक्षा दिनुपर्ने व्यवस्था रहेको र सो सम्बन्धमा कार्यविधिको परिच्छेद ४ को दफा ६ को (२) बमोजिम बोर्डले तोकेको मापदण्ड अनुरुप हरेक वर्षको जेठको तेस्रो हप्तादेखि परीक्षा सञ्चालन गर्ने व्यवस्था रहेकाले सोको आधारमा शैक्षिक वर्ष २०७८ को कक्षा ११ को परीक्षा २०७९ जेठ १६ गतेबाट सञ्चालन हुने कक्षा १२ को वार्षिक परीक्षासँग नजध्ने गरी २०७९ सालको जेठ महिनाको तेस्रो हप्तादेखि सञ्चालन गर्ने निर्देशन दिएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स