सशस्त्र प्रहरीको आईजीपीमा ​पुष्पराम केसी नियुक्त

काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी)मा ​पुष्पराम केसी नियुक्त भएका छन् ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले केसीलाई आईजीपीमा नियुक्त गरेको हो ।

महानिरीक्षक शैलेन्द्र खनालको चार वर्षे कार्यकाल सकेपछि उनकै ब्याचका केसी र रामशरण पौडेल आईजीपीका प्रतिस्पर्धी थिए ।

सरकारले वरियताका आधारमा केसीलाई महानिरीक्षक नियुक्त गरेको हो ।

उमेर हदका कारण केसी २०७९ वैशाख १८ मा अवकाशमा जाँदैछन् । त्यसपछि फेरि नयाँ आईजीपी चयन गर्नुपर्ने हुन्छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स