काठमाडौं । बिहिबार छापावाला सुनको मूल्य ४ सय रूपैयाँले घटेको छ ।
बुत्रबार, सुन प्रतितोला ९१ हजार २ सय रुपैयाँ कायम भएकोमा आज भने ४ सय रूपैयाँले घटेर ९० हजार ८ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यसैगरी, तेजावी सुनको मूल्य प्रतितोला ९० हजार ३ सय रुपैयाँ कायम भएको छ ।
साथै, बुधबार चाँदी प्रतितोला १२ सय ५ रूपैयाँ कायम भएकोमा आज भने २५ रूपैयाँले घटेर ११ सय ८० रूपैयाँ कायम भएको छ ।