अन्ततः फुट्यो नै नेकपा एमाले, नयाँ पार्टीबाट को को बन्दै छन् मन्त्री ?

काठमाडौं । लामो समयको किचङगोलपछि अन्ततः नेकपा एमाले दुई भागमा विभाजन हुने भएको छ । पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले आज बुधबार निर्वाचन आयोगका नयाँ पाटी दर्ताको लागि निवेदन दिएको छ ।

केपी शर्मा ओलीले नेतृत्व गरेको नेकपाबाट छुट्टिएर माधव कुमार नेपालले ‘नेकपा एमाले सामाजवादी’ दल दर्ता गर्न निर्वाचन आयोगमा निवेदन दिएका हुन् । उक्त पार्टीको संयोजक माधवकुमार नेपाल रहेका छन् । ९५ सदस्यीय केन्द्रीय कमिटी हुने र चुनाव चिन्हमा खुला किताब प्रस्ताव गरिएको छ ।

सरकारले संसदीय दल वा केन्द्रीय समितिको २० प्रतिशत पुर्याएर दल विभाजन गर्न सक्ने गरी राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याए लगतै नेकपा एमाले फुटेर दुई वटा पार्टी बनेको हो ।

नयाँ पार्टीबाट को को बन्लान् संयुक्त गठबन्धन सरकारमा मन्त्री

शेरवहादुर देउवा नेतृत्वको सरकार बनेको करिब ४० दिन पुगन लागि सक्दा पनि मन्त्री मण्डलले पूर्णता पाउन सकेको छैन । गठबन्धन सरकारले माधव कुमार नेपाल पक्षका सांसदलाई पनि मन्त्री बनाउनु पर्ने भएकोले मन्त्री परिषद विस्तार नगरेका हुन् ।

अव माधव कुमार नेपालको नेकमा एमाले समाजवादी पार्टी बनेको छ । नयाँ पार्टी बनेसँगै नेपाल पक्षका सांसदले ६ मन्त्रालय पाउने निश्चित भएको छ ।

नेपाल पक्षबाट कल्याणी खड्का, रामकुमारी झाँक्री, बिरोध खतिवडा, प्रेम आले र किसन श्रेष्ठ मन्त्री बन्ने भएका छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स