काठमाडौं । रोजगारी,पेशा, जागिर, काम-जे भने पनि यो हरेक शिक्षित/अशिक्षित मानिसको लागि जिविकोपार्जन गर्ने माध्यम हो । यो अर्थमा हेर्दा रोजगारी एउटा आर्थिक गतिविधि हो, जस अन्तर्गत मानिसहरूले अरूका लागि काम गर्छन् र यसको सट्टामा पारिश्रमिक पाउँछन्, जुन तलब वा ज्यालाको रूपमा हुने गर्छ ।
रोजगारदाता सरकार, सरकारी उद्यम, गैर-सरकारी संघसंस्था वा कुनै पनि निजी संगठन हुन सक्छ । रोजगारी स्थायी, अस्थायी, आंशिक वा आकस्मिक हुन सक्छ । हरेक मानिसको आफ्नो योग्यता अनुसारको जागिर खोज्ने र आफु र आफ्नो परिवारको लागि आरामदायी जीवनको सुरक्षा गर्ने सपना हुन्छ ।
तर सबैले आफुले सोचेजस्तो, र आफ्नो योग्यता अनुसारको जागिर पाउन सकेका हुँदैनन् । हैसियत अनुसार काम नभेटेर बिदेशिएका उदाहरण हाम्रै अगाडि छन् । रोजगारीको खोजीमा युवाहरु भौँतारिइरहेका छन् र त्यस्तै युवाहरुको फाईदा उठाउँदै धेरै जब सेन्टरहरुले रोजगारीको नाममा ठगीको धन्दा चलाईरहेका छन् ।
विभिन्न पत्र-पत्रिकामा, तपाईंहरु नजिकैको शटर अथवा चिनेको मान्छे मार्फत जागिर लगाइदिने प्रलोभनमा कैयौँ युवाहरु ठगिएको समाचारहरु पनि केही महिना अगाडि आएका थिए । तर, नेपालमा एउटा त्यस्तो रोजगार-दाता पनि छ जसले जागिर लगाइदिए मार्फत एक रुपैयाँ पनि शुल्क लिँदैन ।
त्यति मात्र हैन, जागिर खोज्न र सिभि बनाउन पनि कुनै शुल्क लिँदैन र यसले प्रदान गर्ने सम्पूर्ण रोजगारी नेपाल सरकारले तोकेको न्युनतम मापदण्ड अनुसारको हुने गर्छ । झट्ट पत्याउन गार्हो नै हुन्छ जब फर्म भरेको ५०० र जागिर लगाइदिए बापत पहिलो महिनाको तलबको ३५ देखि ५०% सम्म खाने दलालहरु पाइलैपिच्छे छन् ।
देशमा विद्यमान यस्तै समस्यालाई केही हदसम्म भए पनि कम गर्ने उद्धेश्यले सन्२०१४ मा सन्देश भण्डारीले कुमारी जबको स्थापना गरेका थिए । शुरुवाती अवस्थामा संस्थापक स्वयम्को एकल प्रयासबाट शुरु भएको यस संस्थाले हाल प्रतिस्पर्धीहरुभन्दा ठुलो श्रोत-साधन र ठुलो टिम बनाउन सफल भईसकेको छ ।
साथै मिलनसार, अनुभवि, दक्ष, एवम् सकृय र युवा कर्मचारीहरु संलग्न यस संस्थामा अधिकांश महिला कर्मचारीहरु कार्यरत छन् । यस्तै कारणहरुले गर्दा स्थापनाको छोटो अवधिमै कुमारी जब नम्बर एक रोजगारदाता कम्पनी हुन सफल भएको छ ।
कुमारी जबमा एन्ट्री लेभलदेखि सिनियर लेभलसम्मका कामहरु सजिलै पाईन्छन् । यसमा १००० जनाले दैनिक अप्लाई गर्ने गर्दछन् जसमा एक महिनामा ५०० भन्दा बढीले रोजगारी प्राप्त गरेका छन् ।
कुमारी जबमा दर्ता भएका लाखौं उम्मेदवारहरु मध्य ७०% भन्दा बढी अहिले राम्रो संघ–संस्थाहरुमा कार्यरत छन् । हाल कुमारी जबसँग एसियन पेन्ट्स, बर्जर पेन्ट्स, चौधरी ग्रुप,सामसङ, पेप्सी लगायत अन्य बहु-राष्ट्रिय संस्थाहरु; पञ्चकन्या ग्रुप, विशाल ग्रुप, आइएमएस्ग्रुप, गोल्छा ग्रुप, ज्योति ग्रुप, गोएन्का ग्रुप, लक्ष्मी ग्रुप लगायत अन्य ग्रुप अफ कम्पनिज; भायानेट, वल्र्ड लिंक, सिजी जस्ता इन्टरनेट सेवा प्रदायकहरु एवम्थुप्रै एन.जि.ओ. र आइ.एन.जि.ओहरु आबद्ध छन् ।
साथै यस संस्थासँग एफवान सफ्ट, फुडमान्डु, टाइगर प्यालेस, हुलास, साथीमार्ट,केएल दुगर, एमभि दुगरजस्ता थुप्रै प्रतिष्ठित संस्थाहरु पनि आबद्ध छन् । कुमारी जबमा अकाउन्टिङ, सेल्स र मार्केटिङदेखि लिएर आइ.टि र टेलिकम्युनिकेसन तथा एन.जि.ओ र आइ.एन.जि.ओहरुका लागि पनि प्रशस्तै अवसरहरु आइरहन्छन् ।
कुमारी जब नेपालको एक मात्र मानव सेवा संशाधन परामर्श कम्पनी हो जसले २०१४ देखि एउटै छानामुनि मानव संशोधन सम्बन्धि सम्पूर्ण सेवाहरु प्रदान गर्दै आइरहेको छ । यस कम्पनीले तीनकुने स्थित आफ्नो कार्यालय र अनलाइन जब पोस्टिङ् सर्भिस मार्फत मानव संशाधन सम्बन्धि सम्पूर्ण सेवाहरु दिँदै आइरहेको छ ।
यस संस्थाले रिक्रुटमेन्ट (भर्ती), जब पोस्टिङ्, पेरोल आउटसोर्स, तालिम लगायत सबै प्रकारका मानव संशाधन सम्बन्धि सेवा प्रदान गर्छ । हरेक दिन विभिन्न व्यापारिक समुहहरु र संघ–संस्थाहरुलाई योग्य उम्मेदवारहरु तथा रोजगारीको खोजीमा रहेका उम्मेदवारहरुलाई उपयुक्त रोजगारी प्रदान गर्न सफल कुमारी जबले देशमा विद्यमान बेरोजगारीको समस्यालाई केही हदसम्म भए पनि कम गर्दै आइरहेको छ ।
रोजगारीको खोजीमा रहेका उम्मेदवार र रोजगार–दाताहरु बीच सिधा सम्पर्क गर्नको निम्ती रिक्रुटिङको लागि सर्वोत्कृष्ट माध्यम, प्रविधि र प्ल्याट्फर्म बनाउँदै पब्लिक लिमिटेड कम्पनीको रुपमा दर्ता भइ विश्वव्यापी रोजगार प्रदायक हुने लक्ष्य कम्पनीले लिएको छ ।
कर्मचारीहरुको टर्न–ओभरलाई कम गर्न र मानव संशाधनमुलक गतिविधिहरु सञ्चालनमा आउन सक्ने जोखिमहरु कम गर्न आज–भोलि बैँक, वित्तीय संस्था, ग्रुप अफ कम्पनिज, इन्टर्नेट कम्पनिज, प्राइभेट फर्म्स, एन.जि.ओ र आइएनजिओहरु, उद्योगहरु लगायत धेरैजसो कम्पनीहरुले कर्मचारी आउटसोर्स गर्न थालेका छन् । र यसको लागि अधिकांश कम्पनीहरुको पहिलो रोजाइमा कुमारी जब नै पर्दछ ।
यसको वेबसाइट www.kumarijob.com मा गएर कम्पनीहरुले आफ्नो आवश्यकता दर्ता गरी पोस्ट गर्न सक्छन, साथै संघ–संस्थाहरुलाई उपयुक्त उम्मेदवार पुर्ती गर्ने हेतुले यस कम्पनीले विषेश रिक्रुट्मेन्ट प्रविधि पनि अपनाउँछ ।
यति मात्र नभएर यसले रोजगारी सुनिश्चितताको लागि आवश्यक तालिमहरु पनि दिने गर्दछ । तालिम लिन चाहने व्यक्ति, विद्यार्थी लगायत कुनै पनि संस्थामा कार्यरत कर्मचारीहरुलाई कुमारी जबले आवश्यकताको अध्ययन गरी विभिन्न किसिमका तालिम पनि दिन्छ ।
साथै यो कम्पनीले प्रविधिको प्रयोग गरी गुणस्तरीय सि.भि. पनि निःशुल्क रुपमा बनाइदिन्छ । कुमारी जबको वेबसाइट अथवा यसको कार्यालयमै गएर जुनै पनि स्तरको कामहरुको बारेमा बुझ्दा, त्यहाँ काम गर्न निवेदन दिँदा र काम पाइसकेपछि पनि काम खोज्ने मानिसले कुनै पनि प्रकारको शुल्क कहिल्यै पनि तिर्नु–पर्दैन । किनभने परिश्रमी र योग्य उम्मेदवारहरुलाई देशमै उचित अवसरको व्यवस्था मिलाइनुपर्छ भन्ने कुमारी जबको मान्यता रहेको छ ।
I like your website. So I want to be your part of