अधिवक्ता गोविन्द बन्दी कानून मन्त्री नियुक्त

काठमाडौं । अधिवक्ता गोविन्दप्रसाद शर्मा (कोइराला) ‘गोविन्द बन्दी’ कानून मन्त्री नियुक्त भएका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले अधिवक्ता बन्दीलाई बिहीवार कानून मन्त्रीमा नियुक्त गरेकी हुन् ।

कानून मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका दिलेन्द्रप्रसाद बडूलाई भने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री बनाइएको छ ।

‘सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले सम्माननीय प्रधानमन्त्री श्री शेरबहादुर देउवाज्यूको नेतृत्वमा मिति २०७८र३र२९ गते गठित मौजुदा मन्त्रिपरिषद्‌मा नेपालको संविधानको ७८ को उपधारा ९१० बमोजिम सम्माननीय प्रधानमन्त्रीज्यूको सिफारिसमा श्री गोविन्द प्रसाद शर्मा ९कोइराला० लाई मन्त्री पदमा नियुक्त गरी कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयको कार्यभार सम्हाल्ने गरी र कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयको कार्यभार सम्हाल्दै आउनुभएका माननीय मन्त्री श्री दिलेन्द्रप्रसाद बडूलाई हाल सम्माननीय प्रधानमन्त्रीज्यूले सम्हाली आउनुभएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको कार्यभार सम्हाल्ने गरी नियुक्ति एवं कार्यभार तोक्नु भएको छ,’ राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

प्रतिनिधि सभा विघटनका बेला अधिवक्ता बन्दीले देउवाको पक्षबाट बहस गरेका थिए ।

पछिल्लोपटक उनले अमेरिकी आर्थिक सहयोग कार्यक्रम एमसीसीको व्याख्यात्मक टिप्पणी लेखेका थिए ।

आजै नवनियुक्त मन्त्रीले सपथ लिनेछन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स