कंगोमा खटिएका नेपाली शान्ति सेनाको टोलीमाथि गोली चल्यो ,एक सैनिक घाइते

काठमाडौं । कंगोमा खटिएका नेपाली शान्ति सेनाको टोलीमाथि आक्रमण भएको छ ।

अपरेशन ‘बाली’का क्रममा ‘कर्डन एण्ड सर्च’ अभियानमा खटिएको सेनाको टोलीमाथि विद्रोहीले गोली चलाउँदा एक जना नेपाली सैनिक घाइते भएका हुन्।

प्रमुख सेनानी निकिल कुवंरको कमाण्डमा खटिएको टोलीलाई विद्रोहीले फाइरिङ गर्दा नेपाली सैनिक घाइते भएको सेनाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

गोली लागेका सैनिकलाई तत्कालै हेलिकप्टरमार्फत उद्धार गरेर बुनियाँस्थिति राष्ट्रसंघको अस्पतालमा लगिएको सेनाले जनाएको छ ।

बाँकी सैनिक सबै सकुशल रहेको र घाइतेको उपचार भइरहेको सेनाले जनाएको छ ।

सेनाले घाइतेको विवरण भने खुलाएको छैन ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स