सरकारले पहिलोपटक ‘राष्ट्रिय पञ्चांग’ प्रकाशन गर्ने

काठमाडौं । नेपाल पञ्चांग निर्णायक विकास समितिले यस वर्षदेखि आधिकारिकरूपमा ‘राष्ट्रिय पञ्चांग’ प्रकाशनमा ल्याउने भएको छ ।

समितिले नयाँ वर्ष २०७९ का लागि ‘राष्ट्रिय पञ्चांग’ प्रकाशन गर्न लागेको अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले जानकारी दिए । ‘राष्ट्रिय पञ्चांग’ प्रकाशनको तयारी अन्तिम चरणमा पुगेको जनाइएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयअन्तर्गत रहेको समितिले यसअघि अन्य पञ्चांग (पात्रो) लाई स्वीकृति दिने काममात्र गर्दै आएको थियो ।

यही सातासम्म ‘राष्ट्रिय पञ्चांग’ प्रकाशन भइसक्ने समितिले जनाएको छ । सरकारले आफैं पहिलोपटक पात्रो प्रकाशन गर्न लागेको हो ।

सरकारको आधिकारिक पात्रो प्रकाशनमा आएपछि चाडपर्वलगायत विषयमा हुँदै आएका विवाद अन्त्य हुने विश्वास गरिएको छ ।

समिति गठन आदेशबमोजिम समितिले नौ जनाको संगठन संरचना तयार पारी मन्त्रालयमा पेश गरेको छ । समितिको संगठन संरचना अहिले संस्कृति मन्त्रालयबाट अर्थ मन्त्रालय पुगेको कार्यकारी निर्देशक सूर्यप्रसाद ढुंगेलले जानकारी दिए ।

स्वीकृतिपछि समितिमा जनशक्ति पनि थपिने छ । थप जनशक्ति पूर्ति भएपछि पात्रो एवं भित्तेपात्रोलाई व्यवस्थापन एवं नियमन गर्न सहज हुने विश्वास गरिएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स