भन्सार एजेन्टको परीक्षा वैशाख १७ गते हुने

काठमाडौं । भन्सार एजेन्टको परीक्षा वैशाख १७ गते हुने भएको छ ।

यस अघि उच्च अदालत पाटनले परिक्षा स्थगन गर्न दिएको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता नदिने निर्णय भएपछि परीक्षाको नयाँ मिति तोकिएको हो ।

परीक्षा वैशाख १७ गते शनिबार दिनको २ बजेदेखि संचालन हुने विभागले जनाएको छ ।

सीमा नाकामा भन्सार जाँच पासका लागि भन्सार एजेन्ट कम भएपछि सरकारले गत वर्ष ६ सय भन्सार एजेन्ट थप गर्ने निर्णय गरेको थियो ।

यसअघि गत २८ फागुनका लागि तोकिएको परीक्षा २७ गते साँझ तेस्रो पटक स्थगन भएको थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स