मध्यराती एक्कासी गाउँमा बाढी पस्दा रातभर स्थानीयबासीको भागाभाग

बलेवा । बागलुङको बडिगाड गाउँपालिकाका २७ घरमा बाढी पसेको छ । निरन्तर वर्षापछि बडिगाड गाउँपालिका–९ स्थित ठाडोखोलामा आएको बाढी सोही ठाउँका २७ घरमा पसेको हो ।

मङ्गलबार राति करिब १२ बजेको समयमा बाढी घरमा पसेको स्थानीयबासी टोपबहादुर पुनले बताए । राति सबै सुतेको समयमा एक्कासी बाढी गाउँमा पस्दा रातभर स्थानीयबासीको भागाभाग भएको थियो ।

गुल्मीको मालिका गाउँपालिका पाताखर्कबाट आएको भल गाउँमा आइपुग्दा बाढीको रूप लिएको थियो । गाउँका सबै घरमा हिलोसहित पानी पसेको छ । खानेपानीका मुहान, तरकारी टनेल, धानखेतसमेत बाढीले पुरेको स्थानीयबासीले बताएका छन् । घटना र क्षतिको विवरण आउन बाँकी छ । पानीको मुहान बाढीले बगाउँदा गाउँमा खानेपानीको समस्या भएको छ । विद्युतका पोल ढलेका कारण विद्युत आपूर्तिमा समेत समस्या भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स