२०० रूपैयाँले बढ्यो सुन, कति पुग्यो आज ?

काठमाडौं । बुधबार छापावाला सुनको मूल्य २ सय रूपैयाँले बढेको छ ।

मंगलबार, सुन प्रतितोला ९१ हजार रुपैयाँ कायम भएकोमा आज भने २ सय रूपैयाँले बढेर ९१ हजार २ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी, तेजावी सुनको मूल्य प्रतितोला ९० हजार ७ सय रुपैयाँ कायम भएको छ ।

साथै, मंगलबार चाँदी प्रतितोला १२ सय १० रूपैयाँ कायम भएकोमा आज भने ५ रूपैयाँले घटेर १२ सय ५ रूपैयाँ कायम भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स