‘समीट वुमन अफ द इयर २०२२’ कार्यक्रम सम्पन्न

काठमाडौं । ओपन स्पेस नेटवर्कको आयोजना र आइएनजी ग्रुपको प्रस्तुतीमा बिहीबार ‘समिट वुमन अफ द इयर २०२२’ कार्यक्रम सम्पन्न भएको छ ।

३० वर्षभन्दा मुनिका महिला उद्यमीलाई पुरस्कृत गर्ने उदेश्यले कार्यक्रमको आयोजना गरिएको हो। कानूनको पालना गर्दै दियो योजना कार्यान्वयन गरी समाजमा सकारात्मक प्रभाव पार्न सफल एक जना महिला उद्यमीलाई कार्यक्रममा पुरस्कृत गरिएको थियो ।

यस्ता युवा महिला उद्यमीहरूलाई पुरस्कृत गर्नुको उद्देश्य नेपालको पितृसत्तात्मक समाजमा विद्यमान सबै अवरोध र यथास्थितिलाई चुनौती दिँदै युवा पुस्तालाई सृजनात्मक विचारका साथ व्यवसायीक नेतृत्व गर्न प्रेरित गर्नु पनि हो ।

सात प्रदेशका १५ सहरबाट कुल ८१ जनाले पुरस्कारको लागि आवेदन परेको थियो । जसमध्ये पहिलो चरणमा उत्कृष्ट ३० जनाको नाम सर्टलिस्ट गरिएको थियो । तीमध्ये उत्कृष्ट ७ फाइनलमका लागि छनोट भएका थिए ।

उत्कृष्ट सातमध्ये एक जना विजयीको नाम चार निर्णायकले छनोट गरेको हो ।

चार जना निर्णायकमा आईएनजी ग्रुपका संस्थापक÷अध्यक्ष सुलभ बुढाथोकी, आइडीइका नेपाल कन्ट्री डाइरेक्टर कोरी ओ’हारा, एब्सोल्युट एस्थेटिक क्लिनिकका मालिक डा. श्रुजना श्रेष्ठ र नेपाल कलेज अफ ट्राभल एण्ड टुरिजम्का संस्थापक छाया शर्मा रहेको थियो ।

उनीहरुले मार्च २२ का दिन विजयीको नाम छनोट गरेको थियो जसको घोषणा आज (मार्च ३१) का दिन सानेपास्थित हेरिटज गोर्डेनमा एक भव्य कार्यक्रमकाबीच गरिएको हो ।

‘समिट वुमन अफ द इयर २०२२’ पुरस्कार स्विट फिक्सकी संस्थापक कृतिका लम्साललाई प्रदान गरिएको छ । उनले प्राकृतिक फलफूल र स्थानीय सामग्रीबाट ‘पप्सिकल्स’ बनाउँदै आएका थिए ।

उनले निर्माण गरेको वस्तु प्याकेज गरिएका त्यस्तै प्रकारका वस्तुको तुलनामा निकै स्वस्थ र स्वादिष्ट विकल्प बनेका छन् ।

उनलाई आज शालिमार ज्वेलर्सबाट एक लाख रुपैयाँ नगद र हिराको लकेटले सम्मान गरिएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स