नेपाली सेनाको सैन्य पदका लागि ४ हजारको संख्यामा भर्ना खुल्यो

काठमाडौं । नेपाली सेनाले ठूलो संख्यामा सैन्य पदका लागि आवेदन आह्वान गरेको छ ।

सेनाले आज एक सूचना प्रकाशित गरि खुला तथा समावेशीसहित ४ हजार सैन्य पदका लागि भर्ना खोलाएको हो ।

आवेदन दिने ईच्छुक व्यक्ति १८ वर्षदेखि २२ वर्ष उमेर समूहका नेपाली नागरिक हुनुपर्ने सूचनामा उल्लेख गरिएको छ ।

दरखास्त फागुन १७ गतेबाट वैशाख १६ गतेसम्म दिई सक्नुपर्नेछ ।

सेनाले खुलातर्फ २ हजार ९८, कर्तब्य पालनाका क्रममा ज्यान गुमाएका नेपाली सेनाका सन्ततीका लागि ११०, महिला ३५८, आदीबासी जनजातीतर्फ ५७२, मधेसी ५०५, दलित २७२ र पिछडिएको क्षेत्रबाट ८५ सहित जम्मा ४ हजार पदका लागि आवेदन आह्वान गरेको हो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स