तीन प्रहरी नायब महानिरीक्षक डीआईजी, एआईजीमा बढुवा

तीन प्रहरी नायब महानिरीक्षक डीआईजी, एआईजीमा बढुवा
काठमाडौं । सरकारले तीन प्रहरी नायब महानिरीक्षक (डीआईजी)लाई एआईजीमा बढुवा गरेको छ ।

आज बसेको मन्त्रिपरिषद्को बैठकले तीन डीआईजी रवीन्द्र धानुक, वसन्तकुमार पन्त र धीरजप्रताप सिंहलाई एआईजीमा बढुवा गरेको हो ।

गृह मन्त्रालयको बढुवा सिफारिस समितिले १ चैतमा उनीहरुलाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गर्न सिफारिस गरेको थियो ।

सो सिफारिसविरुद्ध तीन डीआईजीले लोकसेवा आयोगमा उजुरी दिएका थिए ।

तर, आयोगले बढुवा गरेको सिफारिसलाई सदर गरेको भोलिपल्ट बसेको मन्त्रिपरिषद बैठकले बढुवाको निर्णय गरेको हो ।

योसँगै एआईजीको संख्या आठ पुगेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स