नेपाली सेनाको पाइलट, डाक्टरसहित दुई सयको संख्यामा कर्मचारी माग (सूची सहित)

काठमाडौं । नेपाली सेनाले विभिन्न प्राविधिक पदका लागि भर्ना खुलाएको छ ।

नेपाली सेनाले लेखा उपसेनानी, प्राड उपसेनानी, पाइलट उपसेनानीसहित विभिन्न पदमा झन्डै दुई सयको संख्यामा कर्मचारी माग गरेको हो ।

उपसेनानी (एमबीबीएस डाक्टर) ५० जना माग गरिएको छ भने लेखा उपसेनानी ४० जनाका लागि दर्खास्त आह्वान गरिएको छ ।

चार जना प्राड उपसेनानी माग भएको छ भने चार जना पाइलट उपसेनानी पनि माग भएको सेनाले जनाएको छ।

उपसेनानीका लागि सम्बन्धित विषयमा कम्तीमा स्नातक तह उत्तीर्ण गरेको हुनुपर्नेछ।

सैनिक उपचारिका (उपसेनानी) १८ जना र कम्प्युटर प्राविधिक (उपसेनानी) १६ जनालगायत विभिन्न २९ पदका लागि १९४ जना प्राविधिक अधिकृतका लागि विज्ञापन आह्वान गरिएको छ ।

यी सबै पदका लागि अनलाइनबाट फाराम भर्न सकिनेछ । इच्छुकले आगामी वैशाख १३ गतेसम्म दर्खास्त दिन सकिनेछ ।

दोब्बर दस्तुरमा थप एक सातासम्म फाराम भर्न सकिने सूचनामा उल्लेख छ ।

फारम बुझाउँदा दस्तुर भने एक हजार रूपैयाँ लाग्नेछ।

यस्तो छ सूची :

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स