काठमाडौं उपत्यकामा बढ्यो कोरोना संक्रमित, भक्तपुरमा कम संक्रमित

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

जसमा काठमाडौंमा ६७३, भक्तपुरमा १४१ र ललितपुरमा २१९ जना संक्रमित थपिएको हो । योसँगै काठमाडौंमा सक्रिय संक्रमितको संख्या ११ हजार ७७४ पुगेको छ ।

देशभर थप ३,२७४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २७ जनाको मृत्यु भएको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स