प्रेसरकुकर बम भनि हेर्दा सुनका गहना फेला परेपछि….

काठमाडौं । कैलालीमा प्रेसरकुकर बम भनि हेर्दा सुनका गहना फेला परेको छ ।

घटना गोदावरी नगरपालिका-१, बनखेतस्थित नवीन साहुको घरअगाडिको हो ।

साहुको घर अगाडि खतरा लेखेको प्रेसरकुकर फेला परेको थियो । उक्त खतरा लेखिएको प्रेसरकुकर बम हुनसक्ने आशंकामा प्रहरीलाई खबर गरियो ।

प्रहरीको टोलीले बम हुन सक्ने आशंकामा सेनालाई खबर गरेपछि सेनाको टोली केही समयपछि घटनास्थलमा आइपुग्छ ।

सेनाले डिस्पोज गर्ने क्रममा प्रेसरकुकरभित्र विस्फोटक पदार्थ नभई सुनका गहना फेला पर्छ ।

प्रहरीका अनुसार प्रेसरकुकरभित्र बम नभई चार तोला बराबरको सुनका गहना फेला परेको छ ।

सुनसँगै कुकरमा एक नोट पनि थियो जसमा, ‘आफूलाई ठूलो नसम्झिनू । घमण्ड नगर्नू । सबैसँग मिलेर बस्नू ।’ भनेर लेखिएको थियो ।

प्रहरीका अनुसार प्रेसरकुकरभित्र भेटिएका सुनका गहना नवीन साहुकै परिवारको रहेको खुलेको छ । साहुको घरबाट मंसिर १४ गते १० तोला सुनका गहना चोरी भएको थियो ।

साहु दम्पती काठमाडौं आएको बेला ताल्चा, ढोका र दराज तोडेर गहना चोरिएको थियो ।

चोरले आफ्नो पोल खुल्ने डरले गहना फिर्ता गर्न प्रेसरकुकर बमको बहाना बनाएको हुन सक्ने प्रहरीको आशंका छ ।

साहु परिवारले सुन आफ्नो भएको सनाखत गरेका छन् ।

प्रहरीले घटनाको थप अनुसन्धान भईरहेको बताएको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स