नेपाल चेम्वर अफ कमर्स तथा वीरगंज उद्योग वाणिज्य संघका पदाधिकारी तथा कार्य समिति सदस्य बीच अन्तरक्रिया कार्यक्रम

काठमाडौं । हाल मुलुकमा तरलताको अभावले अर्थतन्त्रमा शिथिलता देखिएको र व्याजदरमा भएको वृद्धिले लगानीको वातावरणमा ह्रास आएको सन्दर्भमा समस्त निजी क्षेत्र साझा अवधारणा लिएर अगाडी बढनु पर्ने र कृषिलाइ निजी क्षेत्रले उद्यमको रुपमा प्राथमिकतामा राख्नु पर्ने बताएका छन् ।

नेपाल चेम्वर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले आज चेम्वर भवनमा आयोजित नेपाल चेम्वर अफ कमर्स तथा वीरगंज उद्योग वाणिज्यसंघका पदाधिकारी तथा कार्यसमिति सदस्यहरुवीच आयोजित अन्तरक्रीया कार्यक्रममा उपरोक्त कुरा बताएका हुन् ।

अध्यक्ष मल्लले वीरगंज उद्योग वाणिज्य संघ पनि नेपाल चेम्बर अफ कमर्स जस्तै पुरानो सस्था भएको बताउदै ब्यावसायीका हक हितका बिषयमा हामी वीच ऐक्यबद्धता रहनु आबश्यक रहेको बताए ।

देशको बिग्रदो अर्थतन्त्रलाइ सुधार्न सामयीक सुधारका सुझाव सहित वीरगंज उद्योग वाणिज्य संघका पदाधिकारी तथा सदस्यहरु यहाँसम्म आएकोमा खुशी व्यक्त गरेका छन् ।

वीरगंज प्रमूख औद्योगिक नगर भएकोले निर्यात गृहको अवधारणामा निर्यात प्रवद्र्धनको लागि अग्रसर हुनु पर्ने बताउदै यसमा नेपाल चेम्वर अफ कमर्स सहकार्य गर्न तयार रहेको बताए ।

बढदो व्यापार घाटालाइ पूर्ति गर्न कृषिको उत्पादकत्वमा जोड दिनु पर्ने र यसको लागि कृषि क्षेत्रको व्यावसायीकरण तथा उत्पादकत्वमा वृद्धि गर्न जिल्ला स्थित उद्योग वाणिज्य संघको पनि भूमिका महत्वपूर्ण रहेको बताए ।

उक्त अवसरमा वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष डा. सुवोध गुप्ताले हामी व्यावसायीहरु जुनसुकै क्षेत्रका भएता पनि हाम्रा चुनौतिहरु साझा रहेको बताएका छन् ।

अध्यक्ष डा. गुप्ताले सामाजिक सुरक्षा र श्रम नीतिले ब्यावसायीहरु मारमा परेका छन । मजदुरहरुको मात्र भलाई हेरिदा ब्यवसाय बन्द हुने अवस्थामा पुगेका छन । VTCS प्रभावकारी कार्यान्वयन हुन सकिरहेको छैन र यसले साना ब्यावसायी मारमा परेका छन् ।

नेपालको पारवहनको लागि भारतका सवै बन्दरग्राहहरुबाट नेपालमा माल सामान ल्याउन खुला हुन आवश्यक रहेको बताए । पर्यटन क्षेत्रमा भारतीय पर्यटकको ठुलो योगदान छ तर भारतीय पर्यटकहरु नेपाल आगमनमा वृद्धि गर्न भारु २५,०००। मात्र बोक्न पाउने, भारतीय ठुला नोटहरु नचल्ने, डेविट क्रेडिट कार्ड भर पर्दो नरहेको कारणले असहज रहेको बताए ।

उक्त अवसरमा नेपाल चेम्वर अफ कमर्सका उपाध्यक्ष दीपक श्रेष्ठ तथा वीरगंज उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष अनिल अग्रवाल, उपाध्यक्ष माधव राजपाल उपाध्यक्ष हरी गौतम , महासचिव मनोज कुमार दास, सहकोषाध्यक्ष प्रेमचन्द गोयल लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स