‘खल्ती’ बाट निःशुल्क बैंक ट्रान्सफर गर्न सकिने

काठमाडौं । ‘खल्ती’ डिजिटल वालेटले निःशुल्क बैंक ट्रान्सफर गर्न सकिने सुविधा ल्याएको छ।

यस मार्फत प्रयोगकर्ताहरूले निःशुल्क जहाँसुकै बसी ‘खल्ती’ मार्फत कुनै पनि बैंक खातामा तत्काल पैसा पठाउन सक्नेछन् ।

यो अफर प्रयोगकर्ताहरूका लागि बैंक ट्रान्सफर प्रक्रियालाई सरल र सजिलो प्रक्रिया बनाउन खल्तीको प्रयासको एक हिस्सा रहेको कम्पनीले जनाएको छ ।

‘खल्ती’ बाट प्रति कारोबार सीमा रकम ५० हजार र प्रति दिन १ लाख रहेको छ । प्रयोगकर्ताहरूले सजिलैसँग यो रकम निस्शुल्क कुनै पनि बैंकहरूमा ट्रान्सफर गर्न सक्नेछन् ।

यो अफर चैत्र ७ गते देखि बैशाख ६ गते सम्म लागु हुने खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले बताएका छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स