स्किल विक कार्यक्रमको नयाँ संस्करण अन्तर्गत आवेदन खुला

काठमाडौं । ग्लोकल आफ्टर स्कुलको आयोजनामा स्किल विक कार्यक्रमको नयाँ संस्करणअन्तर्गत आवेदन खुला भएको छ ।

उक्त स्किल विकमा विभिन्न सीपमूलक तालिमहरूलगायत कार्यशाला, तालिम, केस अध्ययनलगायत मनोरन्जनलाई मध्यनजर गर्दै विभिन्न आयाम प्रस्तुत गर्ने स्कुलले जनाएको छ ।

रोजगारीका अवसर, व्यापार, सेवा, आधुनिक प्रविधिदेखि लिएर कला तथा संस्कृति झल्किने किसिमले सिपको महत्त्व उजागर गर्ने लक्ष्य लिई यही मार्च २१ देखि २७ सम्म स्किल विकको आयोजना हुने भएको हो ।

१६ देखि ३० वर्षसम्मका नागरिकले कार्यक्रममा निशुल्क रुपमा सहभागिता जनाउन सक्नेछन । स्किल वीकमा सहभागी युवाहरुलाई विभिन्न सीपका बारेमा अन्वेशन गर्न, आफू संलग्न हुन एवम ज्ञान हासिल गर्न सहयोग पुग्ने आयोजकले जनाएको छ ।

२७ मार्चमा हुने समापन समरोहलाई लक्षित गरेर वार्षिक रुपमा सन्चालन गर्ने कार्यक्रम ‘सीईवो अनप्लग्ड २०२२’ सञ्चालन गरिने आयोजकले जनाएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स