काठमाडौं । मंगलबार छापावाला सुनको मूल्य ४ सय रूपैयाँले बढेको छ ।
सोमबार, सुन प्रतितोला ९० हजार ६ सय रुपैयाँ कायम भएकोमा आज भने ४ सय रूपैयाँले बढेर ९१ हजार रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यसैगरी, तेजावी सुनको मूल्य प्रतितोला ९० हजार ५ सय रुपैयाँ कायम भएको छ ।
साथै, सोमबार चाँदी प्रतितोला १२ सय रूपैयाँ कायम भएकोमा आज भने १० रूपैयाँले बढेर १२ सय १० रूपैयाँ कायम भएको छ ।