नबिल बैंक र नेपाल मोबाइल वितरक संघबीच सम्झौता

काठमाडौं । नबिल बैंकले साना तथा मझौलास्तरका मोबाइल विक्रिबिक्री वितरण गर्ने व्यवसायीहरुको वित्तीय आवश्यकता समाधान गर्ने उद्देश्यले नेपाल मोबाइल वितरक संघसँग सम्झौता गरेको छ।

यस सम्झौता अन्तर्गत मोबाइल वितरकको संजालमा रहेका खुद्रा विक्रेताहरुलाई लक्षित गरी बैंकले आकर्षक ब्याजदर र धितो अनुपातमा चालु पुँजीमा लगानी गर्ने उद्देश्यका साथ च्यानल फाइनान्सिङ कर्जा सुविधा उपलब्ध गराउनेछ। साथै, आफ्नो व्यवसायको आवश्कता बमोजिम मोबाइल वितरकले बैंकको कर्जानीतिको अधिनमा रहेर विभिन्न बैंकिङ सेवा सुविधाहरु प्राप्त हुने सम्झौतामा उल्लेख गरिएको छ ।

उक्त सम्झौतामा नबिल बैंकका तर्फबाट साना, मझौला तथा लघुवित्त कर्जा प्रमुख निरजकुमार बस्नेत (डनिल), र नेपाल मोबाइल वितरक संघका अध्यक्ष दिनेश चुल्याड्योले हस्ताक्षर गरेका छन् ।

साझेदारीको बारेमा बोल्दै, बस्नेत (डनिल)ले नबिल बैंक सदैव साना तथा मझौलास्तरका व्यवसायीहरुको दिगो विकासको लागि समय–सान्दर्भिक कर्जा तथा सुविधाहरु सरल र सहज किसिमले बढी भन्दा बढी व्यवसायीहरुको पहुँचमा पुर्याउन निरन्तर लागि परिरहेको जानकारी गराए ।

यस साझेदारी अन्तर्गत संघसँग आबद्ध भएका नेपालभरि छरिएर रहेका मोबाइल वितरक व्यवसायीहरुको वित्तीय आवश्यकता सरल र सहज ढंगले समाधान गर्ने लक्ष्य रहेको छ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स